७ कार्तिक २०८१, बुधबार

ताजा खबर

केन्द्रीय बैंकको पत्राचारपछि सेन्चुरी बैंकका पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ

नागरिक पोष्ट

मंगलवार, १५ फाल्गुन २०८०

4472 views

4472 views

केन्द्रीय बैंकको पत्राचारपछि सेन्चुरी बैंकका पूर्वप्रमुखद्वय न्यौपाने र गौतमसहित १० जना पक्राउ

काठमाडौं  ।   तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका तत्कालीन सिइओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।


राष्ट्र बैंकले उनीहरूलाई बैंकिङ कसुर अन्तरगत कारवाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । 

प्रहरीका अनुसार प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकको सीईओ हुँदा कर्जा प्रवाहमा घोटाला गरेको जाहेरीका आधारमा न्यौपाने र गौतमलाई पक्राउ गरिएको हो।


त्यस्तै पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ छन्।

सेन्चुरी बैंकका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपाने निमित्त सीईओको रुपमा कार्यरत थिए। कर्जा प्रवाह घोटाला प्रकरणमा बयान र छानविनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?