७ कार्तिक २०८१, बुधबार

ताजा खबर

तत्कालीन सेन्चुरी बैंकका पुर्व सीईओ गौतम र न्यौपाने पक्राउ

नागरिक पोष्ट

मंगलवार, १५ फाल्गुन २०८०

4693 views

4693 views

काठमाडौं, १५ फागुन ।  ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका पुर्व सीईओ तुलसीराम गौतम र तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्।

न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका थिए ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो । गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।

सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?