९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

तराई-मधेश जागरण अभियान चलाउँदै माओवादी

नागरिक पोष्ट

बिहीबार, १० फाल्गुन २०८०

7294 views

7294 views

तराई-मधेश जागरण अभियान चलाउँदै माओवादी

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र ले चैत्र १ गतेदेखि तराई(मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, सङ्गठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल गरेको हो ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा माओवादी विशेष रूपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मान पत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको छ । उनले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरूको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?