१५ चैत्र २०८१, शनिबार
ताजा खबर

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित काठमाडौंमा मसाल जुलुस प्रदर्शन (तस्विरहरु)

नागरिक पोष्ट

बुधबार, ९ फाल्गुन २०८०

9827 views

9827 views

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित काठमाडौंमा मसाल जुलुस प्रदर्शन (तस्विरहरु)

काठमाडौं ।  नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ।

बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै विद्यार्थी नेताहरूले त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो। 


उनीहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका थिए। 

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।


इपीएसको परीक्षा फारम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको मृत्यु भएको थियो। प्रदर्शनमा मन्त्री ज्वाला सवार गाडी प्रदर्शनकारीले जलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?