९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

राष्ट्र बैंक र आरबीआईबीच सम्झौता

नागरिक पोष्ट

शनिबार, ५ फाल्गुन २०८०

8416 views

8416 views

राष्ट्र बैंक र आरबीआईबीच सम्झौता

काठमाडौं – नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई)  सँग क्रस बोर्डर भुक्तानी नियमन सम्झौता गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आरबीआईका गभर्नर शक्तिकान्त दासले उक्त सम्झौतामा हस्ताक्षर गर्दै सम्झौतापत्र आदानप्रदान गरेका हुन् । हाल गभर्नर अधिकारी भारत भ्रमणमा रहेका छन ।

सम्झौताअनुसार सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकासका लागि भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स ९यूपीआई० र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्स ९एनपीआई० मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गरिने भएको छ।

राष्ट्र बैंक र आरबीआईको सम्झौतासँगै यसअघि यूपीआई र एनपीआईबीचमा भएको प्रणाली विकास सम्झौता कार्यान्वयनमा जानेछ। गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट प्रक्रिया अघि बढाउन यूपीआई र एनपीआईबीच सम्झौता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?