७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एमालेको केन्द्रीय कमिटी बैठक फाल्गुन ८ मा, प्रचार विभागमा ३ सदस्य थप

नागरिक पोष्ट

बिहीबार, ३ फाल्गुन २०८०

7039 views

7039 views

एमालेको केन्द्रीय कमिटी बैठक फाल्गुन ८ मा,  प्रचार विभागमा ३ सदस्य थप

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

बैठकमा पछिल्ला समसामयिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने पार्टीले बताएको छ।

एमालेले प्रचार विभागमा थप्यो तीन जना सदस्य

काठमाडौँ । नेकपा एमाले प्रचार विभागमा तीन जना सदस्य थपिएका छन्। बिहीबार बसेको सचिवालय बैठकले तीन जनालाई थप्ने निर्णय गरेको हो।

एमाले प्रचार विभागमा मणिराज बाँस्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिएका हुन्। उक्त विभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?