७ कार्तिक २०८१, बुधबार

ताजा खबर

रामग्राम क्षेत्र निजी कम्पनीलाई भाडामा दिने सम्झाैता खारेज

नागरिक पोष्ट

मंगलवार, १ फाल्गुन २०८०

7685 views

7685 views

रामग्राम क्षेत्र निजी कम्पनीलाई भाडामा दिने सम्झाैता खारेज

काठमाण्डाै – लुम्बिनी विकास कोषले गौतमबुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवम् बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि निजी कम्पनी 'द प्रमिस्ड ल्यान्ड' सँग गरेका सबै सम्झौता खारेज गरेको छ ।

कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको बैठकले विना प्रतिस्पर्धा निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा दिने गरी भएका सबै सम्झौता र समझदारी रद्द गरेको हो । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गएको आइतवार सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।

नवलपरासीमा पर्ने रामग्राम क्षेत्र गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको स्थल हो । कोषले यसअघि रामग्राम क्षेत्रमा कोषसँग रहेको जग्गा र थप एक सय १६ बिघा जमिन अधिग्रहण गरी निजी कम्पनीलाई भाडामा दिने गरी सम्झौता गरेको थियो । अर्थ र पर्यटन मन्त्रालयको स्वीकृतिविना कोषले सम्झौतासहित योजना अगाडि बढाएपछि संसदीय समितिले रोक्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?