९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

नेकपा माओवादीका नेताहरु चार श्रेणीमा विभाजित भए

नागरिक पोष्ट

मंगलवार, १ फाल्गुन २०८०

8331 views

8331 views

नेकपा माओवादीका नेताहरु चार श्रेणीमा विभाजित भए

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई चार श्रेणीमा विभाजन गरी सम्मान र कारबाही गर्न निर्देशन दिनुभएको छ । दुई दिन चलेको केन्द्रीय समिति बैठकका निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा खट्ने नेता तथा कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा र कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी अभियानमा पूरै खट्ने नेतालाई प्रशंसापत्र, आधा समय खट्नेलाई धन्यवादपत्र, बेलाबेला देखिएकालाई सचेतपत्र र कार्यक्षेत्रमा नखट्नेलाई कारबाहीपत्र दिन निर्देशन दिनुभएको हो । उहाँले अभियानमा नखट्ने नेताहरुको सूची कारबाहीका लागि पठाउन निर्देशन समेत दिनुभयो ।

अध्यक्ष प्रचण्डले चार महिने रुपान्तरण अभियान र अरु काममा पनि अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग ९वाईसीएल० ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताउनुभयो । यस्तै माओवादीको केन्द्रीय समिति बैठकले हिमाल, पहाड, तराई र मधेश प्रदेशमा विशेष अभियान चलाउने निर्णय पनि गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?