७ कार्तिक २०८१, बुधबार

ताजा खबर

माओवादी नेता सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

नागरिक पोष्ट

सोमबार, २९ माघ २०८०

6852 views

6852 views

माओवादी नेता सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।


झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक नगरपालिका(१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरीमाथि आरोप थियो । विशेष अदालतले पनि उनको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको प्रवक्ता कार्कीले बताए । 

पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा २ जनामात्र दोषी ठहर भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?