७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मोफसलका पत्रकारसँग गोर्खा वारियर टिमको साक्षात्कार

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

7022 views

7022 views

मोफसलका पत्रकारसँग गोर्खा वारियर टिमको साक्षात्कार

चितवन, चलचित्र गोर्खा वारियर आगामी ११ फागुनबाट देशव्यापी रिलिज हुँदैछ । यसै क्रममा यो चलचित्रका टिम अहिले साक्षात्कारको लागि नेपाल यात्रामा रहेको छ । टिमले मँगलबार धरानमा पत्रकार सम्मेन आयोजना गरेको थियो भने बुधबार बिहान हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ । यो टिमले बुधबार नै चितवनको नारायणघाटमा बिहिबार बुटबलमा र शुक्रबार पोखरामा पत्रकार भेटघाट आयोजना गरेर चलचित्र गोर्खा वारियरको बारेमा जानकारी दिने भएको छ ।
बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनका क्रममा यो चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली चलचित्र गोर्खा वारियर गार्खाली सेनामा आवद्ध रहेका पुर्खाहरुको मौलिक चलचित्र रहेको बताएका छन् । चलचित्र प्रचारप्रसारको क्रममा हेटौंडा आइपुगेका निर्देशक चाम्सले चलचित्र गोर्खा वारियर ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खालीहरुको कथावस्तुमा आधारित रहेको बताएका हुन् ।
पत्रकारसँगको कुराकानीमा उनले गोर्खाली नेपालीहरुको इतिहासलाई चलचित्रमा समेटिएको बताए । हामी गोर्खालीलाई बहादुरीको उपनामले चिनिन्छ तर गोर्खालीहरुको विषयमा विभिन्न भारतीय चलचित्रहरुले एउटा पालेको दर्जामा राखेर चलचित्र बनाइरहेको अवस्थामा खासमा गोर्खाली के हो ? र कस्ता हुन्छन् भन्ने कुरा गोर्खा वारियरमा समेटिएका छौं, उनले भने ।
हामीले चलचित्र सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको जङ्गल र दरवार क्षेत्रका साथै मलेसियामा चलचित्र छाँयाकन गरिएका छौं, निर्देशक चाम्सले भने । एक नेपालीले हेर्नुपर्ने चलचित्र हो गोर्खा वारियर । हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरिएको चाम्सले बताए ।
चाम्सले यस अघि हँसिया, वीर विक्रम, वीर विक्रम २, लिलीबिली, ह्याप्पी डेज् , ब्लाइण्ड रक्स, बोबी लगायत चलचित्र निर्देशन गरिसकेका छन् । उनले सयौं संख्यामा म्युजिक भिडियो निर्देशन समेत गरेका छन् ।
यो चलचित्रकी अभिनेत्री रेविका गरुङले चलचित्र उत्कृष्ट बनेको बताईन् । अभिनय गर्दैगर्दा पुर्खाहरुको झझल्कोका साथै उहाँहरुले गर्नुभएको दुख र संघर्षलाई नजिकबाट नियाल्न पाएको बताईन् । आफ्नो भूमिकाले चलचित्रमा न्याय गरेको उनीले जिकिर गरिन् ।  
पेशाले पूर्व बृटिश हार्मी तथा पाईलट समेत रहेका अभिनेता रितेश चाम्सले यस चलचित्रका लागि ३ वर्ष वर्कसप गरेको बताए । आफ्नो ड्रिम प्रोजेक्ट समेत रहेको बताउँदै गार्खाली भएर आफ्नो अभिनय प्रतिभा निर्वाह गरेको बताए । उनले चलचित्रलाई एक पटक हेरिदिन समेत आग्रह गरेका छन् । सच्चा नेपालीले आफ्नो पुर्खा अंग्रेससँग लड्नुका साथै विट्रिस आर्मी वा अन्य देशका सैनिकका भर्ति भएर गोर्खालीको पहिचान बनाउन सफल भएकोले पनि नेपाललाई चिनाउने गोर्खालीहरुको कथा चलचित्रमा रहेको बताए ।
चलचित्रमा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्री लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्माताको रुपमा सुमन राई र सुस्मिता वाईवा रहेकी छिन् ।  चलचित्रमा एलिश कार्की र सुरेश राईको संगीत रहेको छ भने रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रको पटकथा, संवाद तथा लेखन निर्देशक चाम्स र गीरिराज घिमिरेको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?