७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

6954 views

6954 views

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता साझेदार दलका नेता र मुख्यमन्त्रीसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा लगायत सत्ता साझेदार सबै दलका नेताहरु सहभागी छन् ।


बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन तथा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गर्दै आएक छन् । निर्वाचन अगाडी नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिने सहमति भए पनि अहिले आएर माओवादीले अध्यक्षमा दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?