७ कार्तिक २०८१, बुधबार

ताजा खबर

परिवर्तनको मुख्य संवाहक हुँ, सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्छु : प्रधानमन्त्री प्रचण्ड

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

7464 views

7464 views

परिवर्तनको मुख्य संवाहक हुँ, सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्छु : प्रधानमन्त्री प्रचण्ड

कठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू परिवर्तनको मुख्य संवाहक भएकाले सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले २०७६ सालमा राष्ट्रिय समन्वय परिषद्सम्बन्धी कानुन बनेपनि पहिलो बैठक आफूले नै गत असारमा राखेको स्मरण गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय कायम गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको बताए ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सातवटै प्रदेशका मुख्यमन्त्री, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघका नेपालका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?