७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नागरिक पोष्ट

बुधबार, २४ माघ २०८०

6461 views

6461 views

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले घोषणा गरेको ५ दशमलव ५० प्रतिशत बोनस शेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो ।

समायोजित मूल्य अनुसार सोमबार एनएलजी इन्स्योरेन्सको कारोबार ७८१ दशमलव ९९ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ८२५ रुपैयाँमा भएको थियो ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २५ गते बुकक्लोज गर्दैछ । माघ २४ गते ९आज० सम्म कारोबार भई कायम रहेका शेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ५ दशमलव ५० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव ७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसैगरी फागुन ३ गते  कम्पनीको साधारणसभाको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?