७ कार्तिक २०८१, बुधबार

ताजा खबर

५ दशमलव ३१ अंकले घट्यो नेप्से परिसूचक

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

8416 views

8416 views

५ दशमलव ३१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, माघ २१ । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार ३० दशमलव ९२ अंकले घटेको बजार आइतबार ५ दशमलव ३१ अंकले घटेर २ हजार ६१ दशमलव शून्य ७० विन्दूमा बन्द भएको हो ।

आइतबार ९२ लाख ७२ हजार कित्ता शेयर ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १०४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३२ वटाको घटेको छ । बाँकी रहेका ११ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आइतबार सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?