आईतवार, २१ माघ २०८०
14230 views
14230 views
काठमाडौँ । त्रिशक्ती महिला समुहको आयोजना तथा कृषी विकास वैकको सहयोगमा हाँडिगाउँका समुदायलाई डष्टविन वितरण गरिएको हो । मिती २०८० माघ २० गते कृषी विकास बैकको सामाजिक उत्ततरदायित्व अन्तरर्गतको कार्यक्रमबाट समुदायलाई डष्टविन वितरण गरेको होे । उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने को प्रमुख आतिथ्यतामा डष्टविन वितरण कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा बोल्दै न्योपानेले फोहोर तथा पर्यावरण व्यवस्थापन गर्नको लागि सानो भए पनि सहयोग मिल्ने उद्येश्यको साथ कृषी विकास बैकले यो सहयोग गरेको बताउनु भयो ।
त्यसगरी कृषी विकास बैकका बागमती प्रदेशका निर्देशक गिरीधारी पौडेलले धार्मिक, पौरानीक,तथा सास्कृतिक सुम्पदाहरुको संरक्षण तथा प्रवद्र्धनका लागि कृषी विकास बैकको सामाजिक उत्ततरदायित्व अन्तर्गतका रकमले हरेक वर्ष विभिन्न ठाउँमा साथ र सहयोग गर्दै आएको बताउनु भयो । त्यही अनुरुप यस त्रिशक्ती महिला समुहको आयोजनामा हाँडीगाउँमा रहेको गहनापोखरीको महिमा बताउदै उक्त स्थलको सरक्षण तथा प्रवद्र्धनको लागि कृषी विकास बैकले यो सानो सहयोग स्वरुप केही डष्टविन संस्थाको उपाध्यक्ष तथा कार्यक्रमको सभापति नवेदा मैनाली लगायतलाई हस्तान्तरण गरिएको बताउनु भयो ।
कार्यक्रममा कृषी विकास बैक मार्केटिकको विभागीय प्रमुख विना शर्मा,बरिष्ठ शाखा प्रमुख सुदिल घिमिरे,नक्सालको शाखा प्रबन्धक अन्जु कोइराला,वडा नं. ५ का पुर्व वडा अध्यक्ष रमेश डंगोल,टोलवासीहरु,पत्रकारहरु लगायतको उपस्थीत रहेको थियो ।