८ मंसिर २०८१, शनिबार
ताजा खबर

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

6937 views

6937 views

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरुआत गर्ने भएको छ ।  आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट शुभारम्भ गर्दैछन् ।

‘राष्ट्रव्यापी दबाब अभियान’ को मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले जानकारी दिइन् ।


उनले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको जानकारी दिइन् ।

सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ । पदयात्राका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ ।


दबाब यात्रामा  सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागेको सांसद गौतमले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?