६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जित्यो

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

8467 views

8467 views

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जित्यो

काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । आर्मीले दिएको एक सय ८२ रनको लक्ष्य पुलिसले ३७ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि शङ्कर रानाले ६२ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शहाव आलम र बसिर अहमदले एक–एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?