७ कार्तिक २०८१, बुधबार

ताजा खबर

‘डिजे म्याग टप १००’ को नोमिनेसनमा क्लव प्लाटिनम, नेपालबाट प्रतिनिधित्व गर्दै

नागरिक पोष्ट

शुक्रबार, १९ माघ २०८०

7192 views

7192 views

‘डिजे म्याग टप १००’ को नोमिनेसनमा क्लव प्लाटिनम, नेपालबाट प्रतिनिधित्व गर्दै

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र चर्चित क्लब प्लाटिनम ‘डीजे म्याग टप १००’ का लागि मनोनयनमा परेको छ । योसँगै क्लब प्लेटिनम विश्वको सबैभन्दा ठूलो क्लब प्लेटफर्ममा सन् २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने क्लब बनेको छ ।

जहाँ विभिन्न देश र महादेशका नाइट क्लबहरू सहभागी हुन्छन् । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा काठमाडौंको दरबारमार्गमा रहेको क्लव प्लाटिनम परेको हो ।

हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्दै आएको डिजे म्यागको सन् २०२४ का लागि टप १०० का लागि क्लव प्लाटिनम मनोनयनमा परेको  हो ।

सन् २०२० मा स्थापना भएको क्लव प्लाटिनमले अन्तर्राष्ट्रिय मापदण्ड समेत पूरा गरेको छ । जसका कारण पनि उक्त सूचीमा क्लव प्लाटिनममा परेको हो ।

नेपालकै सबैभन्दा ठूलो क्लब प्लाटिनमको क्षमता एक हजार ८०० देखि दुई हजार जनासम्म रहेको क्लवका सञ्चालक सञ्जय तामाङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?