७ कार्तिक २०८१, बुधबार

ताजा खबर

२९औँ संस्करणको क्यान इन्फोटेक माघ २५ देखि

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

10949 views

10949 views

२९औँ संस्करणको क्यान इन्फोटेक माघ २५ देखि

काठमाडौँ । कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा २९औँ संकरणको क्यान इन्फोटेक आयोजना हुने भएको छ । 

आगामी माघ २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा ५ दिने प्रदर्शनी हुन लागेको हो । क्यानले बिहीबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।

एस पावर क्यान इन्फोटेक २०२४ को तयारी पूरा भएको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनले काठमाडौँमा सकिएपछि सातै प्रदेशमा समेत मेला आयोजना गरिने बताए ।

क्यान इन्फोटेक मेलाको टिकट इसेवामार्फत काट्न सकिनेछ ।  सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । 

२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सर एस पावर बीपीई प्रालिले गर्नेछ । प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन,  डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि, सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकम/एनटेक र पीएनवई रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रदर्शनीको इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि,  इन्नोभेसन पार्टनरमा ए८रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि,  ट्रेनिङ पार्टनरमा  ब्रोडवे इन्फोसिस  प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनरमा  पाटन कलेज फर प्रोफेशनल स्टडिज छन् ।

यसवर्ष क्यान इन्फोटेकमा  नेपालमै विकास गरिएको  जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

प्रदर्शनीलाईसञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?