६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

आहारारा पोखरा गोल्डकपमा आर्मी र चर्चब्वाइज भिड्दै

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

7158 views

7158 views

आहारारा पोखरा गोल्डकपमा आर्मी र चर्चब्वाइज भिड्दै

काठमाडौँ । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

खेल जित्ने टिमले शनिबार हुने २३औं आहारारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १(० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ ।
आहाराराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?