९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

शशी अग्रवाल बने विदेशी बैंकका व्यवसायिक साझेदार

नागरिक पोष्ट

बुधबार, १७ माघ २०८०

8263 views

8263 views

शशी अग्रवाल बने विदेशी बैंकका व्यवसायिक साझेदार

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकको ठूला सेयरधनीमा ७ स्वदेशी तथा विदेशी व्यक्ति, संस्था रहेका छन् ।


बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व स्डयान्डर्ड चार्टर्ड ग्रिनलेज पीटीवाइको ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता अर्थात ४६।८१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


बैंकको ठूला सेयरधनीको दोस्रो नम्बरमा स्टयान्डर्ड चार्टर्ड बैंक युकेको २ करोड २० लाख ६८ हजार १६९ कित्ता अर्थात २३।४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै अन्य सेयरधनीमा शशी अग्रवालको ६ लाख ६० ८३६ कित्ता अर्थात ०।७० प्रतिशत, प्रीयंका अग्रवालको ६ लाख ६० हजार ८३६ अर्थात ०।७० प्रतिशत, कोमल अग्रवालको ६ लाख ६० हजार ८३६ अर्थात ०।७० प्रतिशत, अभिनाश अग्रवालको ६ लाख ६० हजार ८३६ अर्थात ०।७० प्रतिशत र शंकर लाल अग्रवालको ६ लाख २० हजार ८९ कित्ता अर्थात ०।६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?