१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

भ्रष्टाचार अन्त्यका लागि सबै शक्तिहरू एकताबद्ध हुनुपर्छ’ केपी ओली

नागरिक पोष्ट

बुधबार, १७ माघ २०८०

9402 views

9402 views

भ्रष्टाचार अन्त्यका लागि सबै शक्तिहरू एकताबद्ध हुनुपर्छ’ केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शून्यतामा पुर्‍याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरू एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका हुन् । 

काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना विगतका अभिव्यक्तिहरू पनि देश विकासका लागि एकताबद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताए । अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि पनि बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?