सोमबार, १५ माघ २०८०
9793 views
9793 views
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ ।
मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना गरिएको हो।
पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगत्को भलाइका लागि प्राथना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले बताए ।
उनले लुम्बिनीमा धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु र आनीको उपस्थितिमा भूम्छोक र मोन्लाम गरिएको बताए ।
महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेलगायत सहभागी भएका थिए ।