७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हत्यारा भन्नेहरूको प्रतिवाद नगर्ने - प्रधानमन्त्री ‘प्रचण्ड’

नागरिक पोष्ट

शनिबार, १३ माघ २०८०

8331 views

8331 views

हत्यारा भन्नेहरूको प्रतिवाद नगर्ने - प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२/६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरुले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।

‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् रु १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौं । दाहालले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौं भनेर प्रतिवाद गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । त्यस्तै, उनले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताए।

सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्न मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने काम प्रक्रियामा रहेको बताए । जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई सहिद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?