७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्रियसभा निर्वाचन २०८० अपडेट: बाग्मती, गण्डकी, मधेश प्रदेशमा र सुदूरपश्चिम कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

नागरिक पोष्ट

शुक्रबार, १२ माघ २०८०

8620 views

8620 views

राष्ट्रियसभा निर्वाचन २०८० अपडेट:  बाग्मती, गण्डकी, मधेश प्रदेशमा र सुदूरपश्चिम कर्णालीमा गठबन्धनका उम्मेदवार  विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट चारैजना गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट अन्य क्लस्टरका उम्मेदवार बनेका जितजंग बस्नेतले ६ हजार ५ सय ३१ मतभारसहित विजयी भएका हुन् ।

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। समपन्न मतगणनामा गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा ९एकीकृत समाजवादी० की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला विजयी

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।  बुधबार भएको मतदानमा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । 

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तर्फबाट सुवेदी र सापकोटा विजयी

राष्ट्रिय सभा : गण्डकीमा तीनैजना गठबन्धनका उम्मेदवार विजयी

कोशीमा गठबन्धनलाई धक्का : महिलातर्फ एमालेकी कोइराला निर्वाचित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?