७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काँग्रेसको ७८ औँ स्थापना दिवस: श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रमको आयोजना

नागरिक पोष्ट

शुक्रबार, १२ माघ २०८०

8365 views

8365 views

काँग्रेसको ७८ औँ स्थापना दिवस:  श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रमको आयोजना

काठमाडौँ । नेपाली काँग्रेसको ७८ औँ स्थापना दिवस परेको छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने भएको छ ।

स्थापना दिवसकै सन्दर्भमा काँग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने काँग्रेसको कार्यक्रम छ । 
नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली काँग्रेस नेपालकै सबैभन्दा पुरानो दल हो । पहिले सीमित उद्देश्यले खुलेको भए पनि पछि यसले बृहत् रूप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको हो । 

जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली काँग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?