७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अहिलेको गठबन्धन हाम्रो राजनीतिक बाध्यता हो:देउवा

नागरिक पोष्ट

बुधबार, १० माघ २०८०

7056 views

7056 views

अहिलेको गठबन्धन हाम्रो राजनीतिक बाध्यता हो:देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार कुनै पार्टीको एकल बहुमत आउने अवस्था नभएपछि गठबन्धन गर्नुपरेको बताएका छन् । अहिलेको संविधान अनुसार कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । समानुपातिक र समावेशी व्यवस्था छ । सबैलाई राजनीतिमा ल्याउनुपर्छ । चुनाव जित्न नसक्नेहरूलाई समानुपातिक समावेशी सिद्धान्तबाट ल्याउनुपर्छ ।’ 
एउटै पार्टीको बहुमत आउन गाह्रो भएपछि कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता बनेको बताए । अहिले गठबन्धनको सरकार बनेको छ । हामीलाई त्यस्तो कुनै समस्या छैन । मिलेर बसेका छौँ भोलिका दिनमा मिलेर अगाडि बढ्ने ठाउँ छ ।’  काँग्रेस स्याङ्जा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धन गरेपछि आफूहरू मिलेर बसेको देउवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?