६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

6512 views

6512 views

रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए । त्यस्तै, रियल बेटिसका लागि इस्कोले दुई गोल गरेका थिए ।


यो जितपछि बार्सिलोना २० खेलमा ४४ अंक हासिल गर्दै लिग तालिकामा तेस्रो स्थानमा रहेको छ । यस्तै, रियल बेटिस २१ खेलबाट ३१ अंकसहित नवौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?