६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रधानमन्त्री कप मा कोशीलाई २५ रनमै अल आउट गर्दै गण्डकीको पहिलो जित

नागरिक पोष्ट

आईतवार, ७ माघ २०८०

7175 views

7175 views

प्रधानमन्त्री कप मा कोशीलाई २५ रनमै अल आउट गर्दै गण्डकीको पहिलो जित

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेशले आज पनि निराशाजनक हार व्यहोरेको छ । कोशी आइतबार भएको खेलमा गण्डकी प्रदेशसँग २५ रनमै अलआउट भएको छ । गण्डकीले कोशीलाई सस्तैमा अलआउट गर्दै १ सय ४२ रनको जित निकाल्यो। गण्डकीको यो चौथो खेलमा पहिलो जित हो।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४८।२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो। उसका लागि मुस्कान थापाले ६७ रन बनाउँदा विपिन खत्रीले ४२ रन बनाए। कोशीका लागि अभ्यास तिम्सिनाले एक्लै ६ विकेट लिएका थिए।
कोशीको यो जारी प्रतियोगितामा छैटौँ हार हो गण्डकीको भने यो पहिलो जित हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?