६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

धनगढी उपमहानगरले ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै

नागरिक पोष्ट

शनिबार, ६ माघ २०८०

8042 views

8042 views

धनगढी उपमहानगरले ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दै

धनगढी । धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकाले ‘गो ड्रिमर्स’ को साझेदारीमा साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना विद्यालयमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको मेयरको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?