८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

लगानी सम्मेलनको तयारी व्यवस्थापन गर्न अर्थमन्त्रीको निर्देशन

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

8518 views

8518 views

लगानी सम्मेलनको तयारी व्यवस्थापन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा। प्रकाशशरण महतले निर्देशन दिएका छन् । 

लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री डा। महतले आवश्यक नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका हुन् । आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दे अर्थमन्त्री डा. महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे ।
आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो । निर्देशक समितिको आजको बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव ९आर्थिक पूर्वाधार महाशाखा०को संयोजकत्वमा कार्यदल गठन भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?