शुक्रबार, ५ माघ २०८०
7379 views
7379 views
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठूलो प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।