२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

टूर्गानमा नयाँ नेतृत्व चयनका लागि माघ ११ मा निर्वाचन हुने

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

6461 views

6461 views

टूर्गानमा नयाँ नेतृत्व चयनका लागि माघ ११ मा निर्वाचन हुने

काठमाडौं   । टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान) को नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते निर्वाचन हुने भएको छ । टूर्गानको ३० औं वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ कार्यसमिति चयनका लागि यही शनिवार मनोनयन दर्ताको समय तोकिएको टूर्गान सचिवालयले जनाएको छ ।
निर्वाचन कार्यतालिका

अध्यक्षका लागि थानेश्वर देवकोटा र कुमार पुरीले दाबेदारी प्रस्तुत गरेका छन्।  देवकोटा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन भने पुरी महासचिव हुन ।

अध्यक्षका दावेदार देवकोटा र पुरी 

यस्तै महासचिवमा अहिलेसम्म वर्तमान कार्यसमितिका सदस्य टंक दूवाडी र निर्वतमान कोषाध्यक्ष शंकर भट्टराईले दाबेदारी प्रस्तुत गरेका छन् । टूर्गानमा १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?