६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रधानमन्त्री कप : कोशीले बलिङ रोज्दा बागमती ब्याटिङमा

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

5764 views

5764 views

प्रधानमन्त्री कप : कोशीले बलिङ रोज्दा बागमती ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशसँग खेल्न लागेको कोशी प्रदेशले टस जितेको छ । टस जितेको कोशीले पहिला बलिङ रोजेपछि बागमतीले ब्याटिङको निम्ता पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा दुवै टोली जितका लागि खेल्नेछन् । चार खेल खेलेको कोशी जित विहीन छ । बागमती भने दुई खेलमा जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राखेको छ ।


कोशी मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित भएको थियो ।

बागमती भने पहिलो खेलमा पुलिससँग ६८ र दोस्रो खेलमा एपीएफसँग ८९ रनले पराजित भएपनि मधेशलाई ८६ रन र आर्मीलाई ३ विकेटले हराएको थियो ।


पछिल्ला खेलहरूमा बागमतीको सूर्य तामाङले घातक बलिङ गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?