८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

बजेट निर्माणको कार्यतालिका फेर्न अध्यादेश

नागरिक पोष्ट

बिहीबार, ४ माघ २०८०

6597 views

6597 views

बजेट निर्माणको कार्यतालिका फेर्न अध्यादेश

काठमाडौं । सरकारले वार्षिक बजेट निर्माणको विधि र प्रक्रियालाई  परिवर्तन गर्न भन्दै अध्यादेश ल्याउने भएको छ।  हिजो बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यायदेश ल्याउने निर्णय गरेको छ। ऐनमा बजेट निर्माणका प्रक्रियाका बारेमा उल्लेख गरिएको छ।

सामान्यतया बजेट आउनु एक–दुई दिनअघि मात्रै बजेटको सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रम संसद्मा टेबुल गर्ने प्रचलन छ । यसो हुँदा छलफलका लागि समय अभाव हुने निष्कर्ष निकाल्दै बजेट सार्वजनिक हुनुभन्दा एक महिनाअघि नै यी दस्तावेजहरू ल्याउन प्रस्ताव गरिएको हो ।

बजेट निर्माणदेखि आयोजना छनौट तथा भुक्तानीसम्मका व्यवस्था ऐनमा समेटिएका छन्। बजेट निर्माणको प्रक्रियामा संसदीय भूमिका अर्थहीन भएको भन्दै सरकारले भूमिका बढाउनेगरी ऐन संशोधन गर्ने भएको हो।

बजेट निर्माणदेखि नै अर्थपूर्ण छलफल तथा कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि मौजुदा प्रणालीमा पुनरावलोकनका लागि सुझाव दिन बनाइएको कार्यदलले परिवर्तन गर्न यसअघि नै सुझाव दिएको थियो। फागुनदेखि नै बजेटमाथिको छलफल प्रारम्भ गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?