६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

कतार एशियन कपको दोस्रो चरणमा

नागरिक पोष्ट

बिहीबार, ४ माघ २०८०

5832 views

5832 views

कतार एशियन कपको दोस्रो चरणमा

काठमाडौं । आयोजक कतार जारी एशियन कपको दोस्रो चरणमा पुगेको छ ।

गएराति भएको खेलमा ताजिकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै कतारले समूह ए बाट राउण्ड १६ मा स्थान सुरक्षित गरेको हो ।


कतारको जितमा खेलको १७औं मिनेटमा अक्रम अफिफले गरेको गोल नै निर्णायक साबित भयो । यस खेलमा खेलको ८१औँ मिनेटमा ताजिकिस्तानका अमाण्डोनी कामोलोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।

यो कतारको लगातर दोस्रो जित हो । २ खेलमा ६ अंक भएको कतार राउण्ड १६ मा छनौट हुने पहिलो देश बनेको छ । त्यस्तै, ताजिकिस्तानको भने २ खेलमा एक अंक रहेको छ र उ समूहमा तेस्रो स्थानमा रहेको छ ।


अब समूह चरणको अन्तिम खेलमा कतारले चीनको र ताजिकिस्तानले लेबनानको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?