१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

नागरिक पोष्ट

बिहीबार, ४ माघ २०८०

8433 views

8433 views

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान गरेकाले राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेका हुन् ।


राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा खड्कालाई उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?