८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसमेत गरेर २८ जना सहसचिवको सरुवा

नागरिक पोष्ट

बिहीबार, ४ माघ २०८०

9079 views

9079 views

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसमेत गरेर २८ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसमेत गरेर २८ जना सहसचिवको सरुवा गर्ने भन्ने भएको छ’ प्रशासन सिंहदरवार उच्च स्रोतले भन्यो, ‘तर प्रधानमन्त्री कार्यालयबाट प्राविधिकसहित चार(पाँच जना सहसचिवको मिलाएर ल्याउनुस् भनेको छ, सम्भवतः भोली सामान्य प्रशासन मन्त्री र मुख्यसचिवले बसेर अन्तिम रूप दिनुहुन्छ होला’

खासगरी प्रदेश पठाउने केही प्राविधिक सहसचिवहरूको सरुवामा सामान्य प्रशासन मन्त्री र मुख्य सचिवबिच कुरा मिलेको थिएन । सामान्य प्रशासन मन्त्रालयले पठाएको सूचीमा केही फेरबदलसहित पठाउन भनिएकोमा मन्त्री अनिता देवीले नमानेपछि आज अपराह्न भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको थियो । 

बैठकले सरुवा गर्ने निर्णय गरे पनि केही नामावली भने अझै मिलाउन बाँकी रहेको एक मन्त्रीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?