९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

भुलेर पनि यसो नगरौ ! वास्तुशास्त्र अनुसार यी पाँच चीज जसले घरमा अशान्ति र गरीबी निम्त्याउन सक्छ

नागरिक पोष्ट

बिहीबार, ४ माघ २०८०

9351 views

9351 views

भुलेर पनि यसो नगरौ ! वास्तुशास्त्र अनुसार यी पाँच चीज जसले घरमा अशान्ति र गरीबी निम्त्याउन सक्छ

काठमाडाैं : वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ। मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन्।

वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ। वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ। भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ। धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ। यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ।

फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ। फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ।

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ। यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ।

३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ। यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ। यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन। यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ।

५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन  यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ। यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?