९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

आज बुधबार यी भगवानको पूजा गर्दा हुन्छ फलिफाप? (पूजा विधिसहित)

नागरिक पोष्ट

बुधबार, ३ माघ २०८०

10116 views

10116 views

आज बुधबार यी भगवानको  पूजा गर्दा हुन्छ फलिफाप? (पूजा विधिसहित)

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ।

विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। जुन दिन जुन भगवानको विशेष दिन हो सोही भगवानको पूजा तथा आरधाना गरेमा सही फल मिल्नेछ । हिन्दुशास्त्र अनुसार हरेक हप्ता हरेक भगवानका लागि विशेष दिन भाग लगाईएको छ ।

यसैले बुधबार विशेष दिन मान्ने भगवान र पूजा आरधानको कुरा गरौँ । ‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पुजा गरिन्छ।

पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। भनिन्छ नी सोम खेती बुध घर । आजको दिन घर बसाल्दा अति नै उत्तम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?