बुधबार, ३ माघ २०८०
10609 views
10609 views
नेकपा (माओवादी केन्द्र) ले कमिटीका आकार घटाउन विधानमा प्रस्ताव गरेको छ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा समितिले तयार पारेको विधानअनुसार माओवादी केन्द्रको केन्द्रीय समिति १ सय ५१ सदस्यीय हुनेछ।
त्यस्तै महानगर समिति ९९ सदस्यीय र उपमहानगर समिति ७५ सदस्यीय प्रस्ताव गरिएको छ।
यस्तै नगर समिति ५५ सदस्यीय, गाउँ समिति/शाखा समिति ४५ र वडा समिति/उपशाखाहरूमा २५ सदस्यीय रहने व्यवस्था गरिएको छ।
टोल/प्रशाखामा १५ र पार्टी सेल तहमा ३ सदस्यीय समिति हुने प्रस्ताव गरिएको छ।
गाउँ/नगर र शाखा समितिहरूमा अध्यक्ष, उपाध्यक्ष २ जना, सचिव, सहसचिव २ र कोषाध्यक्ष गरी ७ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरिएको छ। त्यस्तै वडा र उपशाखा समितिहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय पदाधिकारी हुनेछ प्रस्ताव छ। टोल र प्रशाखा समितिहरूमा अध्यक्ष र सचिव गरी दुई पदीय पदाधिकारीको व्यवस्था रहनेछ र सेल समितिहरूमा सचिवको एक पदीय व्यवस्था हुनेछ उल्लेख छ।