८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

“म वडाअध्यक्ष” वक्तृत्व-कला प्रतियोगितामा शुभकामना स्कुललाई

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

9130 views

9130 views

“म वडाअध्यक्ष” वक्तृत्व-कला प्रतियोगितामा शुभकामना स्कुललाई

काठमाडौँ- नागरिक सचेनता समाज नेपालको आयोजनामा ‘म वडाध्यक्ष’ विषयक अन्तर विद्यालय मा.वि. स्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तारकेश्वर वडा नं. ८, ९, १० र ११ का सामुदायिक तथा संस्थागत गरी १५ विद्यालयका २३ जना छात्रछात्राहरूले सहभागिता जनाएका छन् ।

वक्तृता प्रतियोगिताबाट प्रथम पुरस्कार पाउनेमा शुभकामना इङ्ग्लिस बोडिङ सेकेन्डरी स्कुलका सन्दर्षिका अधिकारी सफल भएकी छन् । त्यस्तै एन्जल्स हार्ट मा.वि.का विशेषना रिमाल द्वितिय भइन् भने तेस्रो पुरस्कार मनमैजु माध्यमिक विद्यालयकी छात्रा आर्यामा वाग्लेले प्राप्त गरिन् । सान्त्वना पुरस्कार भने युरेका स्कुलका पूर्णिमा घिमिरेले हात पारिन् ।

विद्यार्थीहरूले जिम्मेवार वडाअध्यक्षको भूमिका, उनीहरूले वहन गर्नुपर्ने दायित्व र सच्चा जनप्रतिनिधिले सम्पादन गर्नुपर्ने कामबारे आआफ्ना मन्तव्य अभिव्यक्त गरेका थिए । केही प्रतियोगीले त अहिलेका वडाअध्यक्षहरू सेवक नभएर मालिक बनेको आरोप लगाए । जनताका आवश्यकता र वाचापत्रलाई भुलेर भ्रष्टाचारमा लिप्त भई आफ्ना र आफ्न्तको घेरामा बसेर आफन्तलाई जागिर खुवाउने काम मात्र गरेको बताएका थिए ।

अधिकांश विद्यार्थीहरुले रोजगारीका कार्यक्रम अघि बढाउन आवश्यक भएको भन्दै आफू वडाअध्यक्ष भए उत्पादनमा जोड दिँदै रोजगारी सिर्जना गर्ने बताएका थिए । प्रतियोगीहरूले सांस्कृतिक सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण र जनताका आधारभूत समस्या समाधान गर्नैपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?