६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिँदा मधेशमाथि बागमतीको जित

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

7753 views

7753 views

सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिँदा मधेशमाथि बागमतीको जित

काठमाडौं । लगातार दुई खेलमा पराजय ब्यहोरेको बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमीले मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकालेको हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशलाई १०४ रनमा अलआउट गर्न तामाङले ह्याट्रिकसहित ६ विकेट लिए । जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने तामाङ एक्लो खेलाडी हुन ।


तामाङले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए । त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।


यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९।२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।
बागमतीका प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५ रन बनाएका थिए ।

मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २(२ विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १(१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?