९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

नेपालको एउटा यस्तो धार्मिक मन्दिर जहाँ पुगेपछि बोल्न नसक्नेहरू पनि बोल्न थाल्छन्, ॐ लेखी शेयर गर्नुहोस्

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

9385 views

9385 views

नेपालको एउटा यस्तो धार्मिक मन्दिर जहाँ पुगेपछि बोल्न नसक्नेहरू पनि बोल्न थाल्छन्, ॐ लेखी शेयर गर्नुहोस्

धार्मिक पर्यटन स्थल। आफ्ना बा’लबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

उमेर पुगेर पनि नबोल्ने बाल’बालिकालाई उ’क्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् । नबोल्ने बा’लबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवम् सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताए ।

मन्दिरको स्थापना कहिले भ’यो भन्ने य’कीन तथ्य अझै फेला नपरेको बताउँदै उनले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवम् शिला मात्रै देखेको अनुभव सुनाए । उनका अनुसार पछिल्लो समयमा महि’ला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थान’लाई व्यवस्थित बनाउने प्रयास गरेको छ । खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो । आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिइन् ।

उनका अनुसार प्रत्येक वर्षको बडादशैँ र वैशाख पूर्णिमामा मन्दिरमा विशेष पूजा’आजा गर्ने गरिएको छ । नबोल्ने बालबालिकालाई बोल्ने शक्ति प्रदान गर्ने विश्वासका कारण प्राचीन कालदेखि नै लाटी बाराहीको गरिमा र महत्व बढेको स्थानीय समाजसेवी विश्वनाथ खनाल ब’ताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?