८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सडकले विकासको सम्भावना खुलाएको छ : अर्थमन्त्री डा. महत

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

8433 views

8433 views

सडकले विकासको सम्भावना खुलाएको छ : अर्थमन्त्री डा. महत

काठमाडौँ । सडकले विकासका धेरै सम्भावना खोल्ने अर्थमन्त्री डा। प्रकाशशरण महतले बताएका छन् ।  नुवाकोटको शिवपुरी गाउँपालिकामा आज आयोजित बृहत गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। महतले सो भेगबाट मध्यपहाडी लोकमार्ग लैजाने प्रस्ताव आफूले गरेको बताए ।
सुरुमा पाँचखालबाट काठमाडौँ हुँदै झोरबाट छहरे झार्ने योजना रहेको भन्दै उनले काठमाडौँबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर आफूले प्रस्ताव गरेको दाबी गरे । ‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपुर उपयोग गर्नुपर्छ,’ उनले भने ।

महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्दै मन्त्री डा। महतले भने, ‘रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौँ पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौं पुगिन्छ ।’

नुवाकोट जिल्लामा बजेट राम्रोसँग नपरेको भन्दै उनले डा। रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएको समेत जानकारी दिए ।

अहिले ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रक्रिया अगाडि बढिसकेको र सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको समेत अर्थमन्त्री महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?