९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

टुँडिखेलको भीडमा च्यापिएर ११ जना घाइते

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

7005 views

7005 views

टुँडिखेलको भीडमा च्यापिएर ११ जना घाइते

काठमाडौं । टुँडिखेलको भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए । 

घाइते हुनेहरुमा दस पुरुस  र एक महिला रहेका छन् । घाइते भएका ११ जनालाई नै उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको एसपी ढुंगेलले बताए  ।

घाइतेहरूको विवरण

१. जिल्ला खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर

२. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ

३.  जिल्ला धादिङ गंगा जमुना गाउँपालिका–५ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले

 ४. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर

५. जिल्ला बर्दिया राधापुर नगरपालिका–१ घर भई हाल काठमाण्डौ जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी 

६. जिल्ला प्युठान खलङगा गाउँपालिका–४ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के।सी।

७. जिल्ला कैलाली भजनिया नगपालिका–३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी

८.  जिल्ला सुनसरी धरान उप–महानगरपालिका–३ घर भई हाल काठमाण्डौ जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत 

 ९. जिल्ला ललितपुर ललितपुर महानगरपालिका–२२ बस्ने वर्ष ४० की मिना थापा

 १०. जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाण्डौ जिल्ला सितापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर

११. जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?