सोमबार, १ माघ २०८०
8909 views
8909 views
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार हप्ताको सात दिन नै विभिन्न देवतालाई समर्पित गरिएको छ । सोमबार भगवान शंकर को दिन हो र भगवान शिवको पूजा गरिन्छ ।
भोलेनाथलाई खुशी पार्न भक्तहरूले प्रार्थनाका साथ व्रत बस्दछन् । विश्वास गरिन्छ कि यसले भगवान शंकरको कृपा प्राप्त हुन्छ र दुस्खबाट मुक्ति पाइन्छ ।
भगवान शिवलाई खुःशी पार्न केही उपाय ज्योतिषशास्त्रमा पनि उल्लेख गरिएको छ । विधिपूर्वक सबै उपायहरु अपनाएर भोलेनाथको कृपा पाउन सकिन्छ ।
भगवानको कृपाले घरमा सुख, समृद्धि र शान्ति ल्याउन सहयोग गर्दछ । आउँनुहोस् जानौं भागवानालई कसरी खुःशी पारेर कृपा पाउन सकिन्छ
१. सोमबार भगवान शिवलाई चन्दन, अक्षत, दूध, धतूरा, गंगाजल, बेलपत्र वा आकृतिहरूको फूल चढाउनु पर्छ । यस्तो विश्वास गरिन्छ कि यसो गर्दा भगवान शिव प्रसन्न हुनुहुन्छ ।
२. सोमबार भगवान शंकरलाई घीउ, चिनी र गहुँको पीठोको भोग गराउनुपर्छ । त्यसपछि उहाँको आरती गर्नुपर्छ । विश्वास गरिन्छ कि यसो गर्दा घरमा खुशी, शान्ति र समृद्धि आउँछ ।
३.सोमबार बिहान सबेरै उठेर नुहाएपछि भगवान शिवको पूजा गर्नुपर्दछ । शास्त्रका अनुसार भगवान शिवको कृपाले भक्तको इच्छा पूरा हुन्छ ।
४. धार्मिक मान्यता अनुसार सोमबार १०८ पटक महामृत्युजन्य मन्त्र जप गर्दा भगवान शिवको आशीर्वाद प्राप्त हुन्छ । यसो गर्नाले रोकिएको काम पुनः शुरु हुन्छ ।
५. सोमबार स्नान आदि गरेपछि ग्रह शान्तिको लागि सेतो लुगा लगाउनुहोस् । सेतो रङ्गको चीजहरू आजका दिन गरीब वा अभावमा रहेकाहरुलाई दान दिनुपर्दछ । यो गर्नाले जन्म कुण्डलीमा चन्द्रको स्थिति बलियो हुन्छ ।