९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

प्रधानमन्त्री प्रचण्डको युगाण्डा भ्रमण माघ पहिलो हप्ता

नागरिक पोष्ट

आईतवार, २९ पुष २०८०

6427 views

6427 views

प्रधानमन्त्री प्रचण्डको युगाण्डा भ्रमण माघ पहिलो हप्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् । असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका हुन् ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एक सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने बताइएको छ भने सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरुलाई युगाण्डाका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?