८ मंसिर २०८१, शनिबार
ताजा खबर

राष्ट्रियसभा निर्वाचनमा माघ २ गतेबाट आचारसंहिता लागू हुने

नागरिक पोष्ट

आईतवार, २९ पुष २०८०

8484 views

8484 views

राष्ट्रियसभा निर्वाचनमा माघ २ गतेबाट आचारसंहिता लागू हुने

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचार संहिता जारी गरेको छ । निर्वाचन आयोगको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचार संहिता जारी गर्ने निर्णय गरेको हो ।
सो अवधिमा कुनै सार्वजनिक स्रोत, साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न नपाइने जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय सभामा रित्त १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ । जसमा सातै प्रदेशबाट ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
आचारसंहिता लागु भएपछि निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न पाइने छैन । यस्तै, केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन् ।
सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुनेगरी आचार संहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?