शनिबार, २८ पुष २०८०
12411 views
12411 views
धुलिखेल। काभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघ काभ्रेको चौथो जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिबेशनले प्रभुराम श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा रामशंकर कर्माचार्य, सचिव गोकुलप्रसाद भुर्तेल, सह सचिव रामहरी भण्डारी रहेका छन् भने कोषाध्यक्ष धरसमान तामाङ रहेका छन् । सदस्यहरुमा मदन नेपाल, अरुण उलक, दिलदोर्जे लामा, माधवप्रसाद कँडेल, दिनेश सापकोटा र सुधीर श्रेष्ठ रहेका छन्।
जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घाटन सत्रमा यातायात तथा निर्माण क्षेत्रसँग सम्वन्धित विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । अधिबेशन संयोजक प्रभुराम श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो।